सवारी दुर्घटनामा परी २ को निधन

सवारी दुर्घटनामा परी २ को निधन

गुलरिया । मंगलबार बर्दियामा भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गको बनगाइमा भएको सवारी दुर्घटनामा परी गुलरिया ५ बालापुरकी २५ वर्षीय मिरा चौधरीको निधन भएको प्रहरी निरीक्षक हृदेश सापकोटाले बताउनु भयाे। बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भ्यानले ठक्कर दिदाँ ती युवतीको मृत्यु भएको हो ।  भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गुलरिया नेपालगन्ज सडक खण्डको नीलो आयल नजिकै भे ३ प ४६९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बढैयाताल ५ का सतिराम चौधरीको निधन भएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि बसेका घाइते धनवीर चौधरी नेपालगन्ज रेफरल भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सापकोटाले बताउनु भयाे।