September 18, 2023, Monday
१ आश्विन २०८०, सोमबार
Trending

आफ्नै छोरालाई मारिभागी फरार रहेका प्रतिवादी पक्राउ

आफ्नै छोरालाई मारिभागी फरार रहेका प्रतिवादी पक्राउ

गुलरिया। बार बर्दिया ११ विजयनगर बस्ने लौरङ्लाल थारू पक्राउ परेका छन् । आफ्नै छोरा वर्ष २० का विवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी उनले घाइते बनाएका थिए। घाइते छोरा विवेकलाई उपचारको लागि आफन्तहरूले अस्पताल ल्याउने क्रममा सोही दिन निजको बाटोमा निधन भएको थियो। कर्तव्य ज्यान मुद्दामा असोज १२ देखि फरार लौरङलाललाई खोजतलास  गर्ने क्रममा असोज १४ गते बिहान १०:३० बजेको समयमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयाे।
गुलरिया ११ इन्द्रपुरस्थित गाउँमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले बताउनु भयो। शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रण, अपराधी पक्राउ गर्ने र अपराध अनुसन्धान गर्ने कार्यमा बर्दिया प्रहरीको भूमिका द्रुत र प्रभावकारी बन्दै गएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भयाे।