September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

बाबुले बियरको बोतल प्रहार गर्दा छोराको ज्यान गयो

बाबुले बियरको बोतल प्रहार गर्दा छोराको ज्यान गयो

बार बर्दिया । बारबर्दिया ११ विजयनगरमा  बुवा लौरंगलाल थारु र २४ बर्षिय छोरा विवेक थारुबीच भनाभन बढदै गई बियरको बोत्तल प्रहारबाट छोराको ज्यान गएको छ। बुधबार राती ८ बजेतिर सामान्य विषयमा बाबु छोरा बीच  झगडा हुँदा बुवा लौरंगलाल थारुले २४ बर्षिय छोरा विवेक थारुमाथी वियरको बोत्तल प्रहार गरेका थिए ।  बोत्तल प्रहारवाट घाईते विवेकलाई नजिकैको मेडिकलमा उपचार पछि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । समयमा एम्बुलेन्स नपाउँदा राती करिव साढे १० बजेतिर बाटोमा ज्यान गएको मृतककी आमा मिना थारुले बताईन्। फरार बाबुको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले बताउनु भयो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख बिरेन्द्रबहादुर शाहीले घटना बारे आवश्यक अनुसन्धान भइरहेको बताउनु भयाे।   मृतकको शव जिल्ला अस्पताल बर्दियामा राखिएको छ।