सल्यानमा जिप दुर्घटना हुँदा आठको ज्यान गयो
कपुरकोट । सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट हिँडेको जिप सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो । जीप दुर्घटना हुँदा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहाेरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवलीको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यले बताउनु भयो । दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको उहाले जानकारी दिनु भयो।
अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। । गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपेन्द्र केसीले घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरेको बताउनु भयाे।
प्रतिकृया दिनुहोस्