December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न सक्नु भएन : नेता वामदेव गौतम

नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न सक्नु भएन : नेता वामदेव गौतम

गुलरिया । नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक बामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ठुलो भुल गर्नु भएको बताउनु भएको छ। नेपालगन्जमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पुर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता गौतमले यो भुललाई राष्ट्रपतिले जीवनभरी पश्चाताप गरेर पनि सुधार्न नसक्ने ठोकुवा गर्नुभयो।
‘सर्बोच्च अदातले कारण देखाउ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाउ आदेश सर्वाेच्च अदालतले माग्नुको अर्थ के हो भने राष्ट्रपतिको शिर झुक्यो, जसले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, तिनीहरुले राष्ट्रपतिलाई अपमान गर्न र समाप्त गर्नका निम्ति भुमिका खेलेका छन्,’ उहाले भन्नु भयो ।
आफूलाई समाप्त गर्न लागेको कुरा राष्ट्रपतिले ख्याल नै नगरेको नेता गौतमले जोड दिनु भयो। उहाले ‘राष्ट्रपतिले त्यो गर्नै नहुने सोच्नु भयो र गर्नुपर्ने काम गर्नु भएन, आफ्नो कर्तब्य निर्वाह गर्नु भएन, त्यो कर्तब्यलाई संबिधानले किटान गरेको छ ’  भन्नु भयो।
नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न नसकेको पुर्वगृहमन्त्री समेत रहनु भएका गौतमको भनाई छ। ‘परम कर्तब्य भनेको त्यो भन्दामाथी अर्को छैन, उहाँले आफै सोचनुपर्छ, उहाँबाट यस्तो भुल भएको छ, जुन भुल त्यो कुर्सीमा बसेको ब्यक्तिले कहिल्यै गर्नु हुन्न,’ उहाले भन्नु भयो ‘त्यस्तो भुल भइसकेपछि के गर्नुपर्छ, राष्ट्रपतिले नै गर्नुपर्छ, अझ गर्नु हुदैन भने अझ धेरै भुल गर्दै जानु हुन्छ ।’
एक पटक फर्काएको विधेयक सदनले फेरी राष्ट्रपति समक्ष प्रमाणिकरण गर्न पठाइसकेपछि प्रमाणिकरण गर्नुभन्दा अर्को विकल्प नभएको गौतमले जोड दिनु भयो। ‘उहाँ (राष्ट्रपति)ले सोच्न पनि सक्नु हुन्न, उहाँले आफ्नो विवेक प्रयोग गर्न पनि पाउनु हुन्न, उहाँले छाप लगाउनै पर्छ, त्यो छाप उहाँको जीवनको सबभन्दा माथिल्लो स्तरको कर्तब्यको पालना हो ।’ राष्ट्रपतिको कुर्सीमा बसेको ब्यक्तीले आफ्नो कर्तब्य निर्वाह गर्नुपर्नेमा त्यस्तो ठाउँमा राष्ट्रपति चुकेको गौतमको ठहर छ ।