बर्दियामा तस्करी शून्य पार्दै सशस्त्र प्रहरी

गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया गुलरियाले सीमा सुरक्षा, सीमा अपराध र तस्करी नियन्त्रणमा उल्लेखनीय कार्य गर्दै आएको छ। सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगर गणपति भएर आए यता सुरक्षा निकाय र भन्सार कर्मचारी सबै मिली बर्दियामा चोरी, निकासी तस्करी लगभग शून्यमा झरेको छ। नेपालीहरूका मुख्य चाडपर्व दशैं, तिहार नजिकिदै गरेको अवस्थामा नेपाल तथा भारत दुबै तर्फबाट तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, एस एस बिले नियमित गस्ती जारी राखी चेक जाँच तिव्र एवम् प्रभावकारी बनाएको वर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भयाे। भारतबाट लत्ताकपडा , चिनी , किरानाका अन्य सामानका अलवा हार्डवेयर र भारतीय कुखुराको आयात हुन नदिन सशस्त्र प्रहरी, भन्सार कर्मचारी, नेपाल प्रहरी, स्थानीय प्रशासनले सुरक्षा सतर्कता, गस्ती, चेक जाँच बढाएको छ। नेपालबाट मदिरा र केराउकाे तस्करी हुन नदिन दुवै देशका सुरक्षा अधिकारी लागि परेको प्रजिअ बास्तोलाले बताउनु भयाे। तस्करी हुन नदिन सशस्त्र प्रहरी लागि परेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बुढामगरले बताउनु भयो।
प्रतिकृया दिनुहोस्