December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

बर्दिया लगायतका जिल्लाको गठबंधन तालमेल टुङ्गिएको छैन्: सहमहामन्त्री राठौर

बर्दिया लगायतका जिल्लाको गठबंधन तालमेल टुङ्गिएको छैन्: सहमहामन्त्री राठौर

गुलरिया। नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले  बर्दिया २ मा माओवादीले नछाडे आफू बाँकेको ३ नम्बर क्षेत्रमा चुनाव लड्ने बताउनु भएको छ। नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसंगको भेटमा उँहाले  आफू २० वर्षदेखी बर्दिया क्षेत्र नम्बर २ बाट राजनीति गरिरहेको अवस्था रहेको बताउँदै ६० वर्षदेखी नेपालगन्जमा घर भएपनि बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरी संगठन पनि सुरु गरेको बताउनु भयो।  सहमहामन्त्री राठौरले बर्दिया क्षेत्र नम्बर २ छाड्नुपर्यो भने आफू बाँके क्षेत्र नम्बर ३ मा आउने सोच बनाइरहेको रहेको तर अहिलेसम्म टुंगो नगरेको प्रस्टयाउनु भयो।
अर्को प्रसंगमा उहाले गठबन्धन दलबीच सिटको बाँडफाँटमा ८० प्रतिशत सहमति भइसकेको बताउनु भयो। ‘बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होईन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ,’ सहमहामन्त्री राठौंरले भन्नु भयो।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंवैधानिक कदम भएको बताउनु भयाे।
नागरिकता नपाएर लाखौं जनताले दुःख पाइरहेको अवस्थामा, छिटो भन्दा छिटो नागरिकता दिनुपर्नेमा राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत नभएको उहाको भनाई छ। ‘हिजो यही कुरा केपी ओलीले अध्यादेशबाट ल्याउनु भएको हो, नयाँ कुरा केही पनि छैन, यसलाई राष्टपतिले फिर्ता गर्नु संविधान सम्वत छैन,’ राठौंरले भन्नु भयो।