September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

कर्णाली नदी व्यवस्थापनको लागि रु.५० करोडको स्रोत सहमति

कर्णाली नदी व्यवस्थापनको लागि रु.५० करोडको स्रोत सहमति

राजापुर । कर्णाली नदि व्यवस्थापन आयोजना राजापुरका लागी अर्थ मन्त्रालयले रु. ५० करोड बराबरको स्रोत सहमति प्रदान छ।  १ अर्ब १४ करोड ६२ लाख ६३ हजारको बजेट मांग भई आएकोमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको मन्त्रालयको बजेटबाटै स्रोत व्यवस्थापन गर्नेगरी  कर्णाली नदि व्यवस्थापन आयोजना राजापुरका लागी हाल रु. ५० करोड बराबरको स्रोत सुनिश्चित प्रदान गर्ने निर्णय भएको हो ।
असोज ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सो निर्णय कार्यान्वयन गर्न गराउन अर्थले ऊर्जा मन्त्रालयमा  पत्रचार गरेको बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत सन्तोष न्यौपानेले बताउनु भयाे।