संविधान दिवसमा बर्दियामा सुरक्षा अधिकारीहरुद्वारा मन्दिर सरसफाई तथा रक्तदान
गुलरिया । संविधान दिवसको उपलक्ष्यमा बर्दियामा मन्दिर सरसफाई तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “संविधान दिवश २०७९” को अवसरमा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगर, प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले गुलरिया नगरपालिका-०४ स्थित रहेको श्री कोट्टही मन्दिरको प्राङ्गण सरसफाई गरिएको च।
साथै सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी गुलरियाको समन्वयमा विकाश प्रेमी युवा समुह गुलरिया र सामुदायिक प्रहरी सेवा केन्द्र बर्दियाको संयुक्त आयोजनामा गुलरिया नगरपालिका -०६ राधाकृष्ण चोकमा आयोजित बृहत रक्तदान कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हृदेश कुमार सापकोटा, प्रहरी बरिष्ठ नायव निरीक्षक लोकेन्द्र सिंह कार्की, प्रहरी सहायक निरीक्षक चन्द्रलाल बि.क., प्रहरी सहायक हवल्दार राम कुमार चौधरी, प्रहरी जवान धन बहादुर थापा, तिलक घर्तीमगर, सुनिता नेपाली, किस्मन न्यौपाने र प्रहरी कार्यालय सहयोगी सुन्दर बि.क. गरी ९ जना प्रहरी कर्मचारीहरुद्वारा रक्तदान गरिएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयाे।
प्रतिकृया दिनुहोस्