January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा सचेतनामुलक कार्यक्रम

जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा सचेतनामुलक कार्यक्रम

गुलरिया । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्व आत्महत्या रोकथाम दिवश २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा सचेतनामुलक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख बीरेन्द्र बहादुर शाहीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका प्रमुख/उप प्रमुख, पत्रकार, स्थानिय जनप्रतिनिधी बिभिन्न संघ संस्थाका प्रतिनिधी, सामाजिक अभियन्ता, शिक्षक बिद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट शुरु भएको र्‍याली प्लेकार्ड तथा माईकिङ्द्वारा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुक सन्देश प्रवाह गर्दै जिल्ला समन्वय समितिको सभाहल सम्म पुगी सभामा परिणत भएको थियो ।
सभाहलमा कार्यक्रम संचालक प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाद्वारा आत्महत्या सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष, समाजसेवी एवम् युवा नेता यम नाथ घिमिरे, बबई क्याम्पस प्रमुख बिरेन्द्र लम्साल, वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, एकद्वार संकट व्यवस्थापन केन्द्र बर्दिया अस्पताल गुलरियाका संपर्क व्यक्ति सपना बाठा मगर लगायतले सान्दर्भिक मन्तव्य राख्नु भएको थियो।