January 13, 2025, Monday
२९ पुष २०८१, सोमबार

डा. सुभाष पाण्डे पाउनु भनेको बर्दियालीको लागि गौरवको कुरा

डा. सुभाष पाण्डे पाउनु भनेको बर्दियालीको लागि गौरवको कुरा

रुपेन्द्र सोनकर । २०७९/८० सालको आज भएको बर्दिया अस्पतालको वार्षिक समिक्षाको वास्तवमा प्रशंसा गर्न लायक छ ।
बर्दिया अस्पतालमा योगदान पुर्याउनु भएको डाक्टर सुभाष पाण्डेको त प्रशंसा गरेरै नसकिने रहेछ त्यसैले बर्दिया अस्पतालले डाक्टर सुभाष पाण्डे जस्तो ब्यक्ति पाउनु भनेको बर्दियालीको लागि गौरवको कुरा हो र उहाँकै नेतृत्वमा बर्दिया अस्पताल लुम्विनी प्रदेशमा दुई पटक उत्कृष्ट भएको हामीलाई अवगत नै छ । डा. सुभाष पाण्डे आउनुभन्दा अगाडिको बर्दिया अस्पताल र अहिलेको बर्दिया अस्पतालको तुलना गर्ने हो भने जमिन र आकाशको फरक देखिन्छ । पहिलेको भन्दा अहिले सेवा विस्तार र थप हुदै गएको बर्दिया अस्पतालको भौतिक संरचना र बिकासमा उहाँको उल्लेखनिय भुमिका रहेको छ । मेसु डाक्टर पाण्डेले अस्पताल बिकासको लागि बनाएको अगामी कार्य योजनाले सार्थकता पाउने हामी पूर्ण विश्वस्त छौँ।