जनताको जीवनमा सुधार भएन भने त्यो वेइमानी हुनेछ : बी.पी. कोइराला

राजेन्द्र प्रसाद धिताल । जननायक बीपी कोइरालाको उपर्युक्त अभिव्यक्तिले अहिले हामीलाई पलपल सोच्न विवश बनाइरहेछ, हाम्रा सत्ता संचालकहरु कतै नेइमानीको पथमा त छैनन् ? जनजीविकाको सवाल सत्ताको प्राथमिकतामा नै छैन ,जग जाहेर छ,किसानका लागि बीउ छैन ,मल छैन ,मजदुरका लागि न श्रमको उचित मूल्य छ न त श्रम गर्ने ठाउँको सुनिश्चितता।सार्वजनिक सेवाको गुणस्तरमा प्रश्न नै प्रश्न छन् ,शिक्षा ,स्वास्थ्य्को अवस्थामा सुधार छैन । कक्षा ११ मा विज्ञान विषय पढाउन अभिभावकले रुदैरुदै बच्चाहरुलाई काठमाडौका निजी कलेजमा पठाउनु पर्छ,हात वा खुट्टामा सामान्य चोट लागेर एक्सरे वा प्लास्टर गर्नुपर्यो भने ठूला सहरमा धाउनै पर्छ,सार्वजनिक यातायात हेर्नुहोस,बसमा यात्रीहरु भेडाझै कोचिएका हुन्छन् ,न समयमा गाडी चल्छन् न न सिट क्षमता नै हेरिन्छ्न,यस्तो अध्यारो कुशासन छ,विकास आयोजनाहरुमा अनियमितता छ,हरेक क्षेत्रमा भ्रष्टाचार विद्यमान छ,तर देशभरि सरकारहरुको लस्कर छ,पार्टी र नेताहरूको हुल छ,राज्यको स्रोतबाट सुखभोग गर्नेहरु टोलटोलमा छन् ,मंचमा आसनग्रहण गर्ने नेताको कमी छैन ।
हरेक दिन बधाई तथा शुभकामना पाउनेहरुको लहर छ,तर दूर्भाग्य सुशासन छैन ,यो जिम्मेवारी ककस्ले लिने होला ?निर्मम भएर सोच्ने कि ?बीपी कोइरालाको १०९ औ जन्मजयतीको यो पावन दिनमा यतातिर सोचौ,बेइमान हुनबाट बचौ। (लेखक सह प्राध्यापक, ने का का विद्वान हुनु हुन्छ)
प्रतिकृया दिनुहोस्