जिल्ला प्रहरी कार्यालय बर्दियाको निरिक्षण
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षण गर्नुभएको छ ।
प्रहरी नायव महानिरीक्षक उपाध्यायले जिल्ला प्रहरी कार्यालय, बर्दियामा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।
प्रतिकृया दिनुहोस्