बाढी र वर्षाले डुबानमा परेका ठाकुरबाबाका १४ जनाको उद्दार
ठाकुरबाबा । बाढी र वर्षातका कारण डुबानमा परेका १४ जनालाई ठाकुरबाबा नगरका विभिन्न स्थानबाट उद्धार गरिएको छ। १३ गते परेको अविरल वर्षातका कारण ठाकुरबाबा न पा वार्ड न ७ को बठनपुरमा डुवानमा परेका ४ महिला, ३ बालक र ३ बृद्ध सहित १० जनालाई उद्धार गरिएको छ। भदौ १० गते बबई नदिमा आएको बाढीको कारण ठाकुरबाबा न पा वार्ड न ४ को खैलार र मानपुरघाट नदि पारीबाट ४ जना महिलालाई पनि उद्दार गरिएको थियो। बर्दिया राष्ट्रिय निकुन्ज कार्यालय, देबिदत्त गण, स्थानीय सरकार लगायतको सहयोगमा सकुसल उद्दार गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनु भयो।
प्रतिकृया दिनुहोस्