January 18, 2026, Sunday
५ माघ २०८२, आईतवार
Trending

उच्च सतर्कता अपनाई डुवान क्षेत्रका बासिन्दाहरु तोकिएको सुरक्षित स्थानमा जान अनुरोध

उच्च सतर्कता अपनाई डुवान क्षेत्रका बासिन्दाहरु तोकिएको सुरक्षित स्थानमा जान अनुरोध

गुलरिया । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले चेपाङ्गको बबई नदी बाढी मापन केन्द्रमा जलसतह विहान ८.०० वजेको समयमा ६.१५ मिटर (सतर्कता तह ६.१० मिटर, चेतावनी तह ५.५० मिटर) रही नदीको बहाबले सतर्कता तह पार गरेको र नदी बढ्ने क्रममा रहेको जानकारी दिएको छ।  बबई नदी तथा साना सहायक नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले उच्च सतर्कता अपनाई डुवान क्षेत्रका बासिन्दाहरु तोकिएको सुरक्षित स्थानमा जान अनुरोध गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताउनु भयो।  नदीमा काठदाउरा छोप्ने, माछा मार्ने जस्ता कार्य नगर्न नगराउनु हुन समेत सबैमा हार्दिक अनुरोध गरिएको उँहाले बरताउनु भयो।
बाढी सम्बन्धी थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ।
बाढी सम्बन्धी समस्याका लागि जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (DEOC) को सम्पर्क नम्बर ०८४-४२०९९९मा फोन सम्पर्क गर्न सकिने छ।