March 22, 2025, Saturday
८ चैत्र २०८१, शनिबार
Trending

बर्दियामा भदौ १९,२०,२१ र २२ गते प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेस अभियान

बर्दियामा भदौ १९,२०,२१ र २२ गते प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेस अभियान

बर्दिया । नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसम्पादन समितिको बैठकले “जनताका साथमा काङ्ग्रेस अभियान” लाई बर्दिया जिल्लामा सभ्य भव्य एवं प्रभावकारी रुपले गर्ने निर्णय गरेको छ।  गुलरिया स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयको निर्णय र योजना अनुसार यही भाद्र १० देखि २४ गतेसम्म तय गरिएको पहिलो चरणको कार्यक्रम गर्ने निर्णय गरेको सभापति अरुण प्रकाश सिंह राठौरले बताउनु भयो।
बैठकले बर्दिया जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र न २(ख) मा मिति  भदौ १९ गते र  प्रदेश सभा निर्वाचन क्षेत्र न २(क) मा भदौ २० गते प्रदेश सभा क्षेत्र स्तरीय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश सभा निर्वाचन क्षेत्र न १(क)मा भदौ २१ गते र  प्रदेश सभा निर्वाचन क्षेत्र न १(ख) मा भदौ २२ गते कार्यक्रम गर्ने निर्णय भएको छ । क्षेत्रीय कार्यसमितिको संयोजनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरिय अभियान तथा वी.पी. स्मृती दिवस जिल्लाका निर्वाचन क्षेत्र न. १ र २ मा एकै दिन अर्थात भदौ २४ गते भव्यरुपले मनाउने  निर्णय गरेको छ। बैठकले अभियानलाई सफल र सार्थक बनाउन जिल्ला प्रतिनिधि खटाउने र खटी जाने प्रतिनिधि चयन गर्ने अधिकार जिल्ला सभापतिलाई अधिकार प्रत्यायोजन गरेको छ।