जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन
गुलरिया । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचारप्रसार तथा संगठन सुदृढिकरणका लागि नेपाली कांग्रेसले शुक्रबारदेखि देशव्यापी रूपमा सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन भएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले व्यानर पढेर बर्दियामा सो कार्यक्रम शुभारम्भ गर्नु भएको हो।
अभियानको शुभारम्भ गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम केन्द्रीय प्रतिनिधि गेहेन्द्र गिरीले अभियान सफल सार्थक बनाउन सबै नेता कार्यकर्ता एकजुट भई लाग्नु पर्ने बताउनु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने, निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उदेश्य रहेको प्रष्ट पार्नु भयो।
नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिह राठौरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवम महासमिति सदस्य महेन्द्र कुमार शर्मा, लुम्बिनी प्रदेश कार्यसमितिका सहमहामन्त्री एवं प्रदेश प्रतिनिधि खगराज शर्मा, लुम्बिनी प्रदेशका प्रवक्ता एवं प्रतिनिधि प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु), प्रदेश प्रतिनिधि एवम सदस्य द्वय सुभाष केसी, अन्जना पान्डे, लुम्बिनी प्रदेश सभा सदस्य माननीय भुवनेश्वर प्रसाद चौधरी, नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव एवम महासमिति सदस्य जन्मजय तिमिल्सिना, महासमिति सदस्य एवं डिएल ए बर्दियाका अध्यक्ष काशीराम थारु, प्रतिनिधि सभा क्षेत्रीय समितिका सभापति दिपक जङ शाह, प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापती डबल सिह साउदले अभियानको सम्बन्धमा सुझावयुक्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बर्दिया गुलरिया स्थित पार्टीको कार्यालयमा सम्पन्न भएको अन्तरकृयात्मक कार्यक्रममा काङ्ग्रेसका नेता तथा कार्यकर्ताले अभियानको सम्बन्धमा राय सुझाव दिएका थिए। अभियानकको पहिलो चरणको कार्यक्रम भाद्र १० गतेबाट २४ भदौ सम्म सन्चालन रहने छ ।कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव जग्गा पाण्डेयले गर्नु भयो भने कार्यक्रम सञ्चालन अर्का जिल्ला सचिव मिनराज चौधरीले गर्नु भयो।
प्रतिकृया दिनुहोस्