July 24, 2024, Wednesday
९ श्रावण २०८१, बुधबार
Trending

मानव वेचविखन नियन्त्रण गर्न बैठक तथा वार्षिक छलफल कार्यक्रम

मानव वेचविखन नियन्त्रण गर्न बैठक तथा वार्षिक छलफल कार्यक्रम

गुलरिया । मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगको लागि बैठक तथा वार्षिक छलफल कार्यक्रम गुलरियामा सम्पन्न भएको छ।  यु एस ए आई डि, विनरक, माइती नेपाल र यु के एडको सहयोग र मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति गुलरिया नगरपालिकाको आयोजनामा  गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा गुलरिया नगरपालिकाका प्रवक्ता सुधांशु शर्मा, महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत शिला शाह लगायतले मन्तव्य व्यक्त गर्नु भएको माइती नेपाल गुलरियाकी प्रमुख गायत्री रिमालले बताउनु भयाे।
छलफल कार्यक्रममा प्रहरी उपरीक्षक बिरेन्द्र शाही, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, समितिका सदस्यहरु, वडा अध्यक्षहरु, वडा सचिव गरी ४० जनाको  सहभागिता थियो।