September 17, 2023, Sunday
३१ भाद्र २०८०, आईतवार
Trending

सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध काठ बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध काठ बरामद

बढैयाताल ।  छुट पुर्जी लगायत कुनै खरिद बिक्री गरेको कागजात नभएको अवैधरुपमा बाँकेको खजुरा पुर्‍याउन लागिएको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।  जाँच गर्दा मानखोलास्थित सशस्त्र प्रहरी बलको पोस्टले ट्याक्टरसहित काठ बरामद गरेको हो ।
भे १ त ७००८ नम्बरको ट्याक्टरमा लोड गरी ४६ दशमलव ८२ क्यूफिट काठ बरामद गरेको सशस्त्र प्रहरी बल ३१ नम्बर गण, बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बूढा मगरले बताउनु भयाे।
बरामद गरिएको काठ साल र सागुवन जातको करिब १ लाख ४१ हजार मूल्यको छ।
काठसँगै ट्याक्टर र चालक गुलरिया नगरपालिका–८ का ३२ वर्षीय शम्भु लोधलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई सब डिभिजन वन कार्यालय  बाँसगढीलाई कारबाहीका लागि बुझाइएको छ