January 12, 2025, Sunday
२८ पुष २०८१, आईतवार

२ जना मान्छे खाएको समस्याग्रस्त बाघ नियन्त्रणमा

२ जना मान्छे खाएको समस्याग्रस्त बाघ नियन्त्रणमा

बबई, चेपाङ। साउन २९ गते २ जना मान्छे खाएको बाघलाई सुर्खेत भेरी गंगा ५  गेरुवानी मध्यवर्ती क्षेत्रको जंगलबाट नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोलीले भदौ १ गते बिहान १०: ३० बजे डार्ट गरी सो बाघलाई नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनु भयो। सो बाघलाई बाँके राष्ट्रीय निकुञ्जमा उचित व्यवस्थापन गरिने छ।  साउन २९ गते आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीया रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब तीन-चार सयको मिटरमा पूर्वतर्फ पर्ने जंगलमा बाघको आक्रमणमा परी मृत्यु भएको थियो । बाघको आक्रमणमा परी ज्यान गएपछि रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउनमा रोक लगाइएको छ। जिल्ला प्रशासनका कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै रत्न राजमार्ग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा रातको समयमा मोटरसाइकल चलाउनमा रोक लगाएको हो।
आइतबार जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर  सोमबार आन्दोलनमा उत्रिएका थिए । त्यसै विषयमा लिएर आफ्न्तले सोमबार बिहान ११ बजेदेखि आफन्तहरुले विभिन्न मागहरु राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए ।
प्रशासनमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जंगली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल)लाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पाङ्ग्रे सवारी साधनको अगाडि-पछाडि रही सञ्चालन गर्ने निर्णय गर्दै व्यवस्थाको लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
सोमबार मात्र सुर्खेत प्रशासनले रातमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको थियो ।