September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

सुन चोरी गरी भाग्दै गरेका एक भारतीय नागरिक कन्ठपुरमा पक्राउ

सुन चोरी गरी भाग्दै गरेका एक भारतीय नागरिक कन्ठपुरमा पक्राउ

बढैयाताल । कानमा लगाएको सुन चोरी गरी भाग्दै गरेका एक भारतीय नागरिक बर्दियामा पक्राउ परेका छन्। कानमा लगाएको सुनको बाली चोर्दै भाग्दै गरेको भारत मोतिपुर चौधरी गाउँ बस्ने रज्जन दर्जीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।साउन २९ गते दिउँसो २ वजे बढैया ताल ८ कन्ठपुरकी ८३ वर्षीया वृद्ध महिला ले लगाएको कानको बाली चोरेर उनी भागेका थिए। इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिका बाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा दर्जिलाई पक्राउ गरेको हो।
बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी चोरी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीले बताउनु भयाे।