लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले स्थानीय तह निर्वाचको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेशभर पार्टी जिताउन प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
समितिको आइतबार बसेको बैठकले चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिपोर्टिङको लागि ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
यस्तै बैठकले विधानमा तोकिएको भन्दा १२ वटा थप विभाग गठन गर्ने निर्णय गरेको छ । पार्टी विधानअनुसार प्रदेशमा २१ वटा विभाग गठन गर्नुपर्ने हुन्छ ।
साथै बैठकले पार्टीको कोष बाँडफाँट गर्दा स्थानीय र प्रदेश तहका समितिका लागि लेवी वृद्धि गर्ने निर्णय गरेको सभापति अमरसिंह पुनले जानकारी दिनु भयो।
बैठकले पार्टीको नीति, घोषणा पत्र, आर्थिक नीति, योजना तर्जुमा, संघीयताको सबलीकरण, स्थानीय शासन प्रणाली र जनता–स्थानीय सरकार र कांग्रेस विचको सन्तुलित सम्बन्ध स्थापित गर्नको लागी कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको लागि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ।
प्रतिकृया दिनुहोस्