नेपाली कांग्रेस लुम्बिनीले गठबन्धनलाई मजबुत बनाउने
बुटवल । मंसिर ४ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेस लुम्बिनीले गठबन्धनलाई मजबुत बनाइने बताएको छ । शुक्रबार प्रदेश पार्टी कार्यालय तामनगरमा बसेको सयुक्त सत्तारुढ गठबन्धनकाे बैठकले केन्द्रबाट आउने निर्णय कार्यान्वयन गर्ने बताएको छ। संयुक्त गठबन्धनको बैठकले विभिन्न कमजोरी बाबजुद स्थानीय निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकलाई अझै मजबुत बनाएर लैजाने निर्णय भएको कांग्रेस लुम्बिनीका सभापति अम्मर पुनले बताउनु भयो।गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ । बैठकले गठबन्धनको तर्फबाट केन्द्रको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।बैठकपश्चात जारी भएको विज्ञप्तिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले हस्ताक्षर गर्नु भएको छ ।
प्रतिकृया दिनुहोस्