January 18, 2026, Sunday
५ माघ २०८२, आईतवार
Trending

एक पेट्रोल पम्पको कारोबार रोक्का,१० पसललाई जरिवाना

एक पेट्रोल पम्पको कारोबार रोक्का,१० पसललाई जरिवाना

गुलरिया। उपभोक्ता हित विपरित कार्य गरेका कारण बर्दियाका ११ पसलहरु कारवाहीमा परेका छन्।   सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको नेतृत्वमा बजार अनुगमन  गर्दा उपभोक्ता हित विपरित कार्य गर्ने पसलहरु कारवाहीमा परेका हुन् । साउन ५ गते भएको बजार अनुगमनबाट गुलरिया नगरपालिका वडा नं. ३ खैरापुर स्थित गणपति आयल स्टोरमा पेट्रोलको कारोबार रोक्का भएको अनुगमन टोलीका प्रमुख सहायक प्रजिअ रमेश पाण्डेयले बताउनु भयो । उपभोक्ता हित विपरित कार्य गर्ने मधुवन र गुलरियाका १० वटा व्यवसायीहरुलाई जम्मा रु. ९२ हजार जरिवाना गरिएको छ।  २५ हजार १सय ९९ रुपियाँ बराबरको म्याद गुज्रिएका सामाग्रीहरु जफत गरी नष्ट समेत गरिएको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख मोहन घर्ती मगरले बताउनु भयाे।
उपभोक्ता हित र कल्याणका लागि बर्दियामा तिव्र र प्रभावकारी बनाइएको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले जनाएको छ।