न्यौपाने फरार, अधिकारी नव प्रबन्धक बने

गुलरिया । नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखामा नयाँ प्रबंधक खटाइएको छ। यस अघिका प्रबंधक धबेन्द्र न्यौपाने साउन १२ गतेबाट सम्पर्कमा नआएपछि १५ गते कुश अधिकारीलाई नयाँ शाखा प्रबन्धकको रूपमा खटाइएको छ। ” कालिकोट तिलगुफा घर भई हाल नेपालगन्ज कोरियनपुर बस्दै आएका यस अघिका प्रबंधक न्यौपाने माथि केही आर्थिक हिना मिना गरेको भन्ने छ। माथिबाट अडिट आएर हेरेर गएको छ । थप रिपोर्ट नाउँदासम्म केही भन्न सकिन्न” : नव प्रबंधक अधिकारीले भन्नु भयाे । न्यौपानेको खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा परिवारको तर्फबाट उजुरी आएको छ भने न्यौपानेले आर्थिक हिना मिना गरेकोले अनुसन्धानका लागि बैंकले जाहेरी दिएकाले अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख , प्रहरी उपरीक्षक बिरेन्द्र शाहीले बताउनु भयाे। एसपी शाहीले भन्नु भयो, ‘हामीले हुलियासहितको विवरण देशभर पठाएका छौँ । उहाँको खोजी कार्य जारी छ ।’
न्यौपानेले कति पैसा लिएर फरार भए भन्ने विषयमा जानकारी प्राप्त भएको छैन् ।
प्रतिकृया दिनुहोस्