December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

लुम्बिनी प्रदेश आन्तरीक मामिला मन्त्रालयद्वारा ट्राफिक प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

लुम्बिनी प्रदेश आन्तरीक मामिला मन्त्रालयद्वारा ट्राफिक प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान गरेको छ ।
विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तिरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नु भयो।  प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाईकल उपलब्ध गराएको सञ्चारमन्त्री शर्माको भनाई छ। मोटरसाइकलहरु आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा वितरण गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका ती मोटरसाईकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिनु भयो । मोटरसाईकल हस्तान्तरण  गरेकोमा प्रहरी प्रमुख उपाध्यायले प्रदेश सरकारप्रति आभार ब्यक्त गर्नु भएको छ।