September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

मधुवनको शान्तिसुरक्षा बारे बृहत अन्तरक्रिया

मधुवनको शान्तिसुरक्षा बारे बृहत अन्तरक्रिया

मधुवन। मधुवन नगरपालिकाकाका वडामा शान्ति सुरक्षाको चुनौती र समाधानको उपाय लगायतका बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय ढोढरी र ईलाका प्रहरी कार्यालय सानोश्रीको संयुक्त आयोजनामा ईलाका प्रहरी कार्यालय सानोश्रीको कार्यकक्ष हलमा साउन १६ गते सो कार्यक्रम सम्पन्न भएको हो। मधुवन नगरपालिका प्रवक्ता एवम् वडा अध्यक्ष मेक बहादुर गुरुङको प्रमुख आतिथ्य र पूर्व नगर प्रमुख गणेश क्षेत्रीको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय राजनैतिक दलका जन प्रतिनिधी, उधोग वाणिज्य संघ मधुवन, बैंक तथा बित्तिय संघसंस्था, सुन चाँदी व्यवसायी, बुद्धिजिबी तथा भद्र भलादमी लगायतको उपस्थिति रहेको प्रहरी निरीक्षक मोहन जंग बुढ थापाले जानकारी दिनु भयाे।