September 18, 2023, Monday
१ आश्विन २०८०, सोमबार
Trending

बढैयातालको नीति तथा कार्यक्रम पास भयो

बढैयातालको नीति तथा कार्यक्रम पास भयो

लुम्बिनी पत्र । बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रममा सहमतिमा पास भएको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्राथामिकतामा राखेर निति तथा कार्यक्रम पास गरेको बढैयातालका अध्यक्ष त्रिपाठीले बताउनु भयो। ‘गाउँपालिकाका अपरीहार्य आवश्यक्तालाई समावेश गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ’उहाले भन्नु भयो,‘स्थानीय स्तरमा लुकेका विषयको प्रबद्धन र संरक्षण गर्ने कार्यक्रममा प्राथामिकता दिईएको छ।’खेल प्रबद्धनका लागी रंगशाला,फोहोर मैला व्यवस्थापन,साना उद्योगलाई प्रत्सोहान गर्ने कामलाई समाबेश गरेको अध्यक्ष त्रिपाठीको भनाई छ।
अध्यक्ष लगायत पालिकाका सम्पुर्ण जनप्रतिनिधिको सहमतिमा निति तथा कार्यक्रम पास भएको उपाध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो।‘पालिकाको महत्वपुर्ण बिषयहरु निति तथा कार्यक्रममा सम्बोधन गरिएको छ,’उहाले भन्नु भयो,‘कार्यक्रममा सानादेखि ठूला बिषय समावेस भएको नीति तथा कार्यक्रम जनमुखी छ।’ निति तथा कार्यक्रमा करिब ७२ करोड बजेट बिनियोजन भएको उहाँले बताउनु बताउनु भयो। नीति तथा कार्यक्रम अनुसार बजेट बनाई साउन १० गते बजेट पास गरिने अध्यक्ष त्रिपाठीले बताउनु भयो। विगतमा करारमा भर्ना गरिएका कर्मचारीलाई बिधि बिधानमा टेकेर कर्मचारी नियुक्ती दिन सकिने र वडामा एक करोड बजेट विनियोजन गर्ने पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरूबीच सहमति समेत भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनु भयो।
भर्खर सम्पन्न निर्वाचनमा बढैयाताल गाउँपालिकामा ने क पा माओवादी केन्द्रले पालिका अध्यक्ष र एउटा वडा जितेको छ भने एमालेको  ७ वटा वडामा पूर्ण बहुमत छ। एउटा वडा भने नेपाली कांग्रेसले जितेको छ।