October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बर्दिया । लुम्बिनी प्रदेश सरकार प्रदेश पूर्णखोप समन्वय समितिले बर्दियालाई शुक्रबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ । प्रदेशसभा सदस्य कुल प्रसाद पोखरेलले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नु भएको हो । बर्दियाका सबै स्थानीय तहले बालबालिकाले खोप पाए/नपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले जिल्ला घोषणा गरेको उँहाले बताउनु भयो। बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । सोहीअनुसार पाल्पा पूर्ण खोप सुनिश्चित भएको जिल्ला समन्वय समितिका प्रमुख सूर्य वहादुर विष्टले बताउनु भयाे।
८ स्थानीय तहका ७५ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले बताउनु भयाे।  पूर्ण खोप सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिम २०७९ असार २४ गते भित्र बर्दियाका १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकाहरूलाई १५ महिना भित्र पाउनु पर्ने सबै खोप लगाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो।  हाल बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिन्थ्यो । अहिले टाइफाइडविरुद्धको खोप थप भएको हो । जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ ।