July 24, 2024, Wednesday
९ श्रावण २०८१, बुधबार
Trending

प्रदेश कार्य समिति माथि अनावश्यक हस्तक्षेप भयो : सभापति पुन

प्रदेश कार्य समिति माथि अनावश्यक हस्तक्षेप भयो : सभापति पुन

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले प्रदेश कार्यसमिति चल्नै नसक्ने अवस्थामा रहेको बताउनु भएको छ। संघ र प्रदेशले संस्थागत रुपमा राजनीतिक नियुक्ति गरुन्’, उहाले  भन्नु भयाे, ‘स्थानीय तहको चुनावबारे समीक्षा राख्न सकिएन। तर प्रदेशलाई यसैगरी कमजोर बनाइराख्ने हो भने यसको औचित्य छैन भन्ने हो।’ अरुलाई संविधानविपरीत हिँड्यो भन्ने कांग्रेस नै विधानविपरीत अघि बढेको उँहाले बताउनु भयो। पार्टीको सोमबारदेखि सुरु केन्द्रीय कार्य समिति बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उहाले यस्तो बताउनु भयो।

‘प्रदेश कार्यसमिति त बन्यो। तर टिकट बाँड्ने कुरा तल दिएर टिकटमा हस्ताक्षर गर्दा केन्द्रले हस्तक्षेप गर्‍यो’, उहाले भन्नु भयो, ‘तल अधिकार दिए जस्तो गरेर माथिबाट टिकट जान्छ भनियो। यदि प्रदेशमाथि यसैगरी हस्तक्षेप गरिरहने हो भने खारेज गरिदिनु।’