मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

बर्दिया । डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र रहेको गुलरिया न.पा. २ संगमबस्ती स्थित बेलाफाँटाको २५.२१ हेक्टर क्षेत्रमा गर्न लागिएको बृक्षारोपण कार्यको शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश वन, वातावरण तथा भु-संरक्षण मन्त्रालयका मन्त्री सुरेन्द्र हमाल बाट बृक्षारोपण कार्यको शुभारम्भ भएको हो।
उक्त अवसरमा प्रदेश सभा सदस्य भुवनेश्वर थारू, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, ,डिभिजन वन अधिकृत प्रवीण विन्डरी , बिकास समितिका अध्यक्ष तथा हरित अभियानकर्ता हेमन्त राज काफ्ले, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, गुलरिया न.पा.-२ का वडा अध्यक्ष टंक अधिकारी लगायत संचारकर्मी, स्थानिय समुदाय,वन संरक्षणकर्मीको उपस्थिती रहेको थियो। सो अवसरमा जामुन, अर्जुन, सितलचिनी, महुवा र असना जातका ५०० वटा बिरुवा रोपण गरिएको सूचना अधिकारी द्रोण राज शर्माले बताउनु भयो।
प्रतिकृया दिनुहोस्