January 24, 2025, Friday
११ माघ २०८१, शुक्रबार

प्रदेशको समृद्धि, विकास र सुशासनमा लागौ : सञ्चार सचिव नेपाल

प्रदेशको समृद्धि, विकास  र सुशासनमा लागौ : सञ्चार सचिव नेपाल

बुटवल। प्रदेश सरकार लुम्बिनी प्रदेश आन्तरीक मामीला तथा सञ्चार मन्त्रालयका सचिव दीपक राज नेपालले सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट  आम नागरिकलाई प्रदेशमा भएका  विकास, सुशासन र समृद्धि विषयमा  जानकारी गराउन सबैमा आग्रह गर्नु भएको छ।     नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बुटवलमा आयोजनामा गरेको  मीडिया साक्षरता अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै सचिव नेपालले सञ्चारका साथै प्रदेश स्तरीय शान्ति सुरक्षा र सुव्यवस्था, विपद् व्यवस्थापन आफूहरुको प्राथमिकतामा रहेको प्रष्ट पार्नु भयो। सो संबंधित सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, व्यवस्थापन, नियमन, निर्देशन, सुपरीवेक्षण, मूल्याङ्कन र प्रतिवेदन लगायतका विषय आन्तरीक मामीला तथा सञ्चार मन्त्रालयको कार्यक्षेत्रमा रहेको उँहाको भनाई छ।  सुशासन, विकास, समृद्धि र लोकतन्त्रको संस्थागत विकासका लागि उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकास जरुरी रहेको बताउदै उँहाले सो कार्यमा नेपाल पत्रकार महासंघ संघ लुम्बिनी प्रदेशसँग मन्त्रालय सहकार्य  अगाडि बढने उँहाको भनाई छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले  जुन क्षमताले नागरिकहरुलाई विभिन्न प्रकारको मिडियाहरुको लागि समाचारहरुको विश्लेषण गर्ने, मूल्यांकन गर्ने तथा सिर्जना गर्न योग्य बनाउँछ त्यो नैं मिडिया साक्षरता रहेको प्रष्टाउदै मीडिया साक्षरता अभियान सुरु गरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले अत्यन्तै जिम्मेवार र रचनात्मक काम गरेको भनी महासंघको प्रसंशा गर्नु भयो ।
नेपालमा मिडिया साक्षरता बढ्दो क्रममा छ। मिडियाले दिएको भन्दा पनि कुन मिडिया र कसले दिएको भनी विश्लेषण गर्ने क्षमता शिक्षित पाठक, दर्शक र स्रोतामा बढ्दै गएको अध्यक्ष पोखरेलको भनाई छ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले सही र ठीक सूचना र समाचारबाट बन्चित नहुन, नेपालमा पनि अब सबै इन्टरनेट प्रयोगकर्ता मिडिया साक्षर बन्न अति जरूरी रहेको बताउनु भयो।
महसंघका प्रदेश कोषाध्यक्ष यम नाथ घिमिरेले उँहाले मिडियामा एकाग्रता र एकाधिकारवादी प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक संकेत रहेको बताउँदै सञ्चारमाध्यमको जवाफदेहिता सुनिश्चित गर्न प्रदेश महासंघले  मिडिया साक्षरता अभियान सुरु गरेको बताउनु भयो।   लुम्बिनी प्रदेशका  पत्रकारहरूलाई संगठित गरी व्यवसायिक नेतृत्व प्रदान गर्दै पत्रकारको हक अधिकार प्रवर्दन तथा संरक्षण गर्न प्रदेश समितिले योजना बनाई कार्य गरिरहेको बताउनु भयाे । उँहाले सञ्चारकर्मी, सञ्चार गृह , सञ्चार संस्था, संघ संगठन सबै मिली पत्रकारिता क्षेत्रलाई समाज, राष्ट्र र जनता प्रति थप जिम्मेवार बनाउनु पर्ने धारणा राख्नु भयाे। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महसघंका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, सल्हाकार भरत के सी, जिल्ला अध्यक्षहरु हरी शर्मा, टोप लाल अर्याल, मानव अधिकार शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल लगायतले आफ्नो धारणा राख्नु भयो। कार्यक्रममा सहभागीहरुले प्रदेश सदस्य मिना ढकालले खादा लगाई स्वागत गर्नु भयो भने सदस्य भुवन कार्कीले धन्यवाद प्रदान गर्नु भयो ।