बिधुतीय भुक्तानी प्रणालीमा लैजानका लागि EFT भुक्तानीकाे सफल परिक्षण
ठाकुरबाबा । असार १२ बाट ठाकुरबाबा नगरपालिकाकाे भुक्तानी प्रणालीलाई बिधुतीय भुक्तानी प्रणालीमा लैजानका लागि EFT भुक्तानीकाे सफल परिक्षण गरिएको छ । साथै अब देखि सबै किसिमका भुक्तानीहरु सम्भव भएसम्म EFT मार्फत नै गरिने लेखा अधिकृत सुदिप सिंह सुनारले बताउनु भयो। यस्तो भुक्तानी गर्दा सुशासन कायम हुने तथा सेवाग्राही लाई समेत सहजता हुने नगर प्रमुख तिलक राम लम्सालको विश्वास छ।
EFT भुक्तानीका लागि पत्रमा उल्लेखित कागजात हरु नगरपालिकाबाट भुक्तानी लिनु पर्ने निर्माण व्यवसायी,उपभोक्ता समुह,कर्मचारी तथा सम्पुर्ण भुक्तानी सग सम्बन्धित सरोकार वालाहरुले कार्यालय मा पेश गरि सहयोग गरिदिनु नगर प्रमुख लम्सालले सबैमा अनुरोध गर्नु भएको छ ।
प्रतिकृया दिनुहोस्