September 18, 2023, Monday
१ आश्विन २०८०, सोमबार
Trending

लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

बर्दिया । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्द दिवस बर्दियामा सप्ताहव्यापी कार्यक्रम गरी मनाईएको छ।   जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल ३१ नंबर गण बर्दियाले संयुक्त आयोजनामा लागु पदार्थ तथा अवैध तस्करी विरुद्द सप्ताहव्यापी एवं प्रभातफेरी कार्यक्रम गरिएको हो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेय , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढामगर लगायत बिभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि, पत्रकार, तथा स्थानिय नागरिकहरुको उपस्थिती रहेको थियो।