July 23, 2024, Tuesday
८ श्रावण २०८१, मंगलवार
Trending

पत्रकारलाई फिचर लेखन तालिम, पत्रकारको क्षमता विकास गर्दै लुम्बिनी प्रदेश सरकार र महासंघ

पत्रकारलाई फिचर लेखन तालिम, पत्रकारको क्षमता विकास गर्दै लुम्बिनी प्रदेश सरकार र महासंघ

भालुबाङ । आंतरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा असार १० गतेबाट चार दिने फिचर लेखन तालिम भालुवाङमा जारी रहेको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको तालिमको सहजीकरण रा स स अध्यक्ष एवम् महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले गरिरहनु भएको छ। तालिमबाट ५० जना बढी लाभान्वित हुँदैछन्। पत्रकारको क्षमता विकास गर्न आफूहरु लागि परेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले  र चालू आर्थिक बर्षमा विकास , फोटो तथा भिडियो, फिचर लेखन, अनलाइन पत्रकारिता सम्बन्धी  ३ सय जना पत्रकारलाई क्षमता विकासको तालिम प्रदान गरिएको कोषाध्यक्ष  यम नाथ घिमिरेले जानकारी दिनु भयाे।