September 17, 2023, Sunday
३१ भाद्र २०८०, आईतवार
Trending

१५ दिन भित्र पसलहरुमा सुधार गर्न बर्दिया प्रशासनको निर्देशन

१५ दिन भित्र पसलहरुमा सुधार गर्न  बर्दिया प्रशासनको निर्देशन

बर्दिया । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मधुवन नगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च र सम्बन्धित स्थानीय तहको उद्योग वाणिज्य संघ सम्मिलित संयुक्त बजार अनुगमन टोलीले मधुवन नगरपालिका अन्तर्गत कुशुम्बा बजारका १० पसल र गुलरिया नगरपालिका अन्तर्गतका वडा नं. १ र २ का ९ पसल गरी जम्मा १९ पसलहरुमा अनुगमन भएको छ । अनुगमन गर्दा म्याद गुज्रिएका खाद्यान्न सामग्री (मैदा, खानेतेल, विस्कुट, सूर्ति, चेवनप्रास, पापड, आदि) अनुमानित मूल्य रु. ५२१६।- बराबरको बरामद गरिएको सहायक प्रजिअ रमेश पाण्डेले बताउनु भयो।अनुगमनका क्रममा मूल्य सूची नराखेको, म्याद गुज्रिएका सामानहरु बिक्रीका लागि राखिएको, एउटा व्यवसाय दर्ता गरी अर्को व्यवसाय चलाएको, दर्ता गरे अनुसारको साइन बोर्ड नराखेको, सरसफाई नगरेको जस्ता कैफियतहरु देखिएको थियो ।उक्त अनुगमन टोलीले सबैले देख्ने स्थानमा मूल्य सूची राख्न, म्याद गुज्रिएका सामानहरु बिक्री नगर्न, एउटा व्यवसाय दर्ता गरी अर्को व्यवसाय संचालन नगर्न, दर्ता गरे अनुसारको साइन बोर्ड राख्न, सरसफाईमा विशेष ध्यान दिन लगायतका निर्देशन दिई १५ दिन भित्र सुधार गर्न सचेत गराएको छ।उक्त समयमा दिइएको निर्देशन पालना नगरेमा कानून बमोजिम कारवाही हुने व्यहोरा जिल्ला प्रशासनले प्रेस नोटद्वारा जानकारी गराएको छ।