November 28, 2022, Monday
१२ मंसिर २०७९, सोमबार
Trending

राजापुरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्यायो

राजापुरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्यायो

राजापुर । बर्दियाको राजापुर नगरपालिकाको नवौँ नगर सभा आजबाट सुरु गरेको छ । कृषि शिक्षा पर्यटन उद्योग भौतिक पूर्वाधारः समावेशी र समृद्ध राजापुरको मूल आधार भन्दै आजबाट नगरसभा सुरु भएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको सभाध्यक्षतामा सुरु भएको नगरसभामा नगरउपप्रमुख मनकला कुमारी चौधरीले आ ब २०७९ /०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । आजको नगरसभामा नगरउपप्रमुखले ३ सय बुदाको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। आजैको सभाले उक्त नीति तथा कार्यक्रम पास गरेको छ । नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याईएको छ । आजको नगरसभा १० गते पुनः सञ्चालन हुने गरि स्थागित गरिएको छ । कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।