July 23, 2024, Tuesday
८ श्रावण २०८१, मंगलवार
Trending

स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीहरूको अभिमुखिकरण हुँदै

स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीहरूको अभिमुखिकरण हुँदै

बुटवल । स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूलाई अभिमूखकिरणका लागि आमन्त्रण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  सङ्घीय मन्त्रालयको आयोजनामा प्रदेश सरकारसँगको सहकार्यमा देशभरिका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रममा आउन भनेको हो । स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी दुई दिने अभिमुखीकरण सम्बन्धित प्रदेशस्थित प्रादेशिक सुशासन केन्द्र मार्फत हुने मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार प्रदेश नं. १ र सुदूर पश्चिम प्रदेशमा २५ र २६ गते, मधेस, गण्डकी र कर्णाली प्रदेशमा २७ र २८ गते, बागमती र लुम्बिनीमा ३० र ३१ गते कार्यक्रम तय गरेको छ ।