February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

मधुवन र गुलरियामा ५ लाख बढीको अवैध काठ बरामद

मधुवन र गुलरियामा ५ लाख बढीको अवैध काठ बरामद

मधुवन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ९ धर्म बस्ती र वडा नम्बर ७ गंगाबस्तीमा  बेवारिसे अवस्थामा लुकाई राखेको १४७.९५ क्यू.फिट (२५ गोलिया) सालको अवैध काठ बरामद गरेको सशस्त्र प्रहरी नेपाल नं.३१ गण हेडक्वाटरले जनाएको छ ।अन्दाजी करीब ५ लाख भन्दा बढीको काठ सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्कर तिवारीको कमाडिगंमा गएको प्रहरी टोलीले  बरामद गरेको हो । बरामद गरिएको काठ आवश्यक कारबाहीको लागि  डिभिजन वन कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगरले बताउनुभयो । बुधवारकै दिन १२.५७ क्यू फिट सागुन जातको काठ गुलरिया नगरपालिकाको वडा नम्बर १० बाट पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।३ वटा साइकलमा लोड गरी भारतीबाट अवैध रुपमा ल्याउँदै गरेको  अवस्थामा अन्दाजी ३० हजार बराबरको काठ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।पक्राउ गरिएको काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको सापकोटाले बताउनुभयो ।