October 5, 2022, Wednesday
१९ आश्विन २०७९, बुधबार
Trending

बर्दियामा कांग्रेसका १५ जना क्रियाशील सदस्य ५ वर्षका लागि निष्काशित

बर्दियामा कांग्रेसका १५ जना क्रियाशील सदस्य ५ वर्षका लागि निष्काशित

बर्दिया ।  नेपाली कांग्रेस पार्टीबाट आधिकारिक रूपमा उम्मेद्वार पाउने व्यक्तिहरूका विरुद्ध स्वतन्त्र उमेद्वारी दिने र निजहरूको समर्थक प्रस्तावक सहित १५ जना अनुशासनको कारवाहीमा परेका छन्।  नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहित को दफा ३४ को ४ (क) बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि उनीहरूलाई निष्कासन गरिएको हो । निष्कासनमा पर्नेमा नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध राजापुर न पा १ मा वडा अध्यक्षका बागी उम्मेदवार बनेका लोकराज ढुंगाना, राजापुर ७ मा वडा अध्यक्षका बागी उम्मेदवार रत्नाकर राना, मधुवन ३ का वडा अध्यक्षका बागी उम्मेदवार नारायण मल्ल लगायत १५ जना रहेको नेपाली कांग्रेस जिल्ला अनुशासन समितिका संयोजक जग्गा प्रसाद पाण्डेले बताउनु भयाे।
यही मिति २०७९ साल वैशाख ३० गतेका दिन सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धमा पार्टीका आदर्श, मूल्य ,मान्यता, नीति , विधि, विधान, नियमावली तथा आचारसंहिता विरुद्ध गई स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्ने, उम्मेदवारका समर्थक प्रस्तावक बस्ने व्यक्तिहरूले गरेको कार्यप्रति नेपाली कांग्रेस जिल्ला अनुशासन समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।