September 18, 2023, Monday
१ आश्विन २०८०, सोमबार
Trending

उपकरणस्थल र पूर्वाधारको उद्घाटन

उपकरणस्थल र पूर्वाधारको उद्घाटन

काठमाडौं । एमसिसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले हालसालै एमसिसी अन्तरगतको सडक सुधार आयोजना शुरू गर्नका लागि १५ लाख डलरको लागतमा स्थापना गरिएको उपकरणस्थल र पूर्वाधारको उद्घाटन गर्न नेपालको भ्रमण गर्नुभयो। यो आयोजनाले १७०० भन्दा बढीको लागि रोजगारीको अवसर प्रदान गर्नुका साथै सुरक्षित र दीर्घकालीन सडक निर्माण गर्नेछ। आफ्नो भ्रमणका क्रममा ब्रुक्सले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मालगायतसँग भेटवार्ता गरी गत फेब्रुअरीमा संसदबाट अनुमोदन भएलगत्तै एमसिसी कम्प्याक्ट अन्तरगतको सडक र विद्युतीय प्रसारण लाइन योजनाहरूमा भएका प्रगतिबारे विमर्श गर्नुभयो।