अब परीक्षा दिने पालो समाजको: राजेन्द्र प्रसाद धिताल, विश्लेषक,

नेपाली काङ्ग्रेसले मधुवन नगरपालिकामा आदरणीय नेता तेज बहादुर भाटलाई मेयरको उमेदवार बनाएसगै त्यस क्षेत्रमा एक प्रकारले नवीन उत्साह एवम् उर्जाको संचार भएको छ।लोकतान्त्रिक आन्दोलनप्रती पूर्ण समर्पित ,सरल ,सादा जीवन शैली भएको ,समकालीन राजनीतिक वृत्तमा एउटा अनौठो चरीत्र भएको साधु व्यक्ति ,पैदल पैदल जनताको घर आगनमा पुग्ने,जनताको सुख दुखसगै हास्ने रुने,बेदाग छवि निर्माण भएको एउटा जन नेता पहिलोपटक जनतासमक्ष जनसेवाका लागि मत मागिरहेको छ।मलाई यो अवसर दुर्लभ जस्तो लागिरहेको छ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट काङ्ग्रेसका हरेक आन्दोलनमा जोडिएका भाट जी २०४६ को जन आन्दोलनमा श्रद्धेय नेता सुशील कोइराला तथा तारानाथ रानाभाट सहित बर्दिया कारगारमा बन्दी बन्नुभयो,बबई बहुमुखी क्याम्पस गुलरियाका नेविसङ्घका संस्थापक अध्यक्ष ,बर्दिया जिल्ला अध्यक्ष हुँदै विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएका भाट जी ले तरुण दल बर्दियाको सचिव ,अध्यक्ष हुँदै केन्द्रीय सदस्य सम्मको जिम्मेवारी निर्वाह गर्नुभयो।नेविसङ्घ र तरुण दलमा मैले उहाँसग केही समय सहकार्य गर्ने अबसर प्राप्त गरे,मलाई उहाँको जीवन शैली असाध्यै अनौठो ,शालीन र अनुकरणीय लाग्य्यो।व्यक्तिगत स्वार्थभदा माथि , आएको अवसर पार्टीका अन्य साथीका लागि छोड्न सक्ने,हरदम जनहितको चिन्ता गरिरहने भाट जीको स्वभाव यो स्वार्थी परिवेशमा अनौठो जस्तो प्रतीत हुन्छ।अहोरात्र पार्टीमा खटिरहने व्यक्तित्व निर्माण गर्नुभएका भाट जीले नेपाली काङ्ग्रेस बर्दियाका सचिव जिम्मेवारी सफलतापूर्वक पूरा गरिसक्नुभएको छ।
उहाँ कहिल्यै लाभको पदमा आसक्त देखिनु भएन,२०४८ देखि नै दलहरु कति पटक सत्तामा गए,कति चप्पल लगाउन नसक्नेहरुले अकुत सम्पत्ति कमाए,अवसरको खोलो बगिरह्यो तर भाट जी अनासक्त भावले एउटा सन्तको शैलीमा जनताको घर आगनमा रमाइ रहनुभयो।अहिले आश्चर्यजनक रूपमा पार्टीले उहाँलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ,उहाँले लोकतन्त्र र नेपाली समाज रुपान्तरणको कठिन परीक्षाको सामना पटकपटक गरिसक्नुभएको छ,अब परीक्षा दिने पालो समाजको आएको छ,यसपटकको निर्वाचनमा भाट जीको जितले समाज निष्ठा ,आदर्श त्यागको पक्षमा छ भन्ने प्रमाणित गर्नेछ ।
s
प्रतिकृया दिनुहोस्