January 9, 2025, Thursday
२५ पुष २०८१, बिहीबार

बर्दियामा चैत २३देखि २८ गतेसम्म टाइफाइड विरुद्ध खोप दिईने

बर्दियामा चैत २३देखि २८ गतेसम्म टाइफाइड विरुद्ध खोप दिईने

गुलरिया । बर्दियामा चैत २३देखि २८गतेसम्म स्वास्थ्य कार्यालय बर्दियाले टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। गुलरियामा आयोजित  सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सो कुराको जानकारी गराउनु भयो।
चैत २३ गतेदेखि २७ गतेसम्म  ३०३ केन्द्र विद्यालयमा र  चैत २८ गते ७५ केन्द्र स्वास्थ्य संस्थामा   खोप केन्द्र राखी टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने प्रमुख गिरीले बताउनु भयाे । बर्दियामा १५ महिनादेखि १५ वर्ष मुनिका १लाख २८ हजार बालबालिकालाई  टाइफाइड विरुद्धको खोप प्रदान गरिने जनस्वास्थ्य निरीक्षक सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताउनु भयो।
नेपालमा हरेक वर्ष ४लाख ५० हजारलाई टाइफाइड हुने गर्दछ। १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमणको जोखिम हुने गर्दछ । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यको अध्यक्षतामा सो कार्यक्रम भएको हो।