May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कांग्रेस कम्जोर हुने गरिने गठबन्धन स्विकार्य छैन: सभापति पुन

कांग्रेस कम्जोर हुने गरिने गठबन्धन स्विकार्य छैन: सभापति पुन

नरैनापुर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसलाई कमजोर बनाउने गरि हुने कुनै पनि गठबन्धन आफूहरूलाई स्वीकार्य नहुने बताउनु भएको छ । नेपाली कांग्रेसद्वारा आज बाँकेको नरैनापुरमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै सभापति पुनले कांग्रेस कम्जोर हुने गरि कुनै चुनावी गठबन्धन स्वीकार्य नहुने बताउनु भएको छ ।
सभापति पुनले कांग्रेस एकलै चुनाव लाड्दा पनि अहिले दुइतिहाई स्थानीय तह जित्ने अवस्थामा रहेको दावी गर्दै कांग्रेसलाई कम्जोर बताउने उद्देश्यले रचिएका भ्रमहरू तोड्न कार्यकर्ताहरूमा अनुरोध गर्नु भएको छ । सभापति पुनले स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरीत केन्द्रबाट चुनावी तालमेल लाद्न खोजे अनेपक्षित परिणाम आउने बताउनु भएको छ । चुनावी गठबन्धनका लागी स्थानीय तहका समितीलाई नै पूर्ण अधिकार दिनु पर्ने सभापति पुनले पुन: माग गर्नु भएको छ । आमसभामा विभिन्न पार्टी परित्याग गरि २५० भन्दा बढी नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस नरैनापुर गाउँ समितीले जनाएको छ ।