February 5, 2025, Wednesday
२३ माघ २०८१, बुधबार

ब्राउन सुगर सहित२ भारतीय र एक नेपाली पक्राउ

ब्राउन सुगर सहित२ भारतीय र एक नेपाली पक्राउ

बढैया ताल । ६८ ग्राम बढी ब्राउन सुगर सहित बर्दियाको बढैयाताल ८ कालिकाबाट ३ जना पक्राऊ परेका छन्। पक्राउ पर्नेमा भारत बहराइच शिवरात्रीपुरका वर्ष २६का सद्दाम साइ र २४ वर्षीया सविना साई तथा काठमाडौंका ४७ वर्षीय सुमन के सी रहेका छन्। भारतबाट नेपालको कालिका तर्फ ब्राउन सुगर ल्याउँदै गर्दा साईहरु पक्राउ परेका हुन् भने  काठमाडौं बाट आई कालिका कटेज नजिक ब्राउन सुगर लिन बसेका के सिलाई सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख, प्रहरी निरीक्षक धर्म राज जोशीले बताउनु भयो। पक्राउ परेका ३ जना ऊपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।