September 17, 2023, Sunday
३१ भाद्र २०८०, आईतवार
Trending

लागू औषध र पेस्तोल सहित मानिस पक्राउ

लागू औषध र पेस्तोल सहित मानिस पक्राउ

खजुरा । बाँके प्रहरीले लागू औषध र पेस्तोल सहित ३ जना जनालाई पक्राउ आवश्यक अनुसन्धान अघि बढाएको छ । २२ गते अन्दाजी १९:२५ बजेको समयमा जिल्ला बाँके खजुरा गा.पा. वडा न १ बहादुरपुर बस्ने गल्क्षी भन्ने रबिन्द्र थापाले आफ्नै घरमा लागू औषध ( ब्राउनसुगर ) कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट  संयुक्त प्रहरी टोली खटिएको हो। चेक जाँच गर्ने क्रममा ऐ . वडा न. १ बस्ने वर्ष २५ को रबिन्द्र थापाको साथ बाट ९० ग्राम लागू औषध ( ब्राउनसुगर ) फेला परेको र निजकै घरको आफू सुत्ने कोठामा चेक जाँच गर्दा कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी  प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनु भयाे। थापा संग कारोबार गर्ने जि.बाँके खजुरा गा.पा. वडा न. २ बस्ने बर्ष २७ को मनिस थापा र ने.ग.उ.म.न.पा. वडा न. १३ भृकुटीनगर बस्ने वर्ष २८ को सुरेश रोका मगर सहित तिनै जनालाई पक्राउ आवश्यक अनुसन्धान अघि बढाईएको छ।