June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

कोभिड देखिएपछि नेपाल प्रवेशमा रोक

कोभिड देखिएपछि नेपाल प्रवेशमा रोक

गुलरिया  । भारत बहराईच जिल्ला मिपुरुवाबाट जि.बर्दिया गु.न.पा.- आशापुरमा बिवाहमा सहभागी हुन  भारतिय बलेरो गाडीमा सवार ९ जना भारतिय नागरिकलाई सीमामा रहेको हेल्थ डेक्समा गुलरिया नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन चेक गरे ।  एन्टिजेन चेक गर्दा  गाडीमा सवार बर्ष २५ का कल्लुराम यादवलाई पोजेटिभ देखियो । यादवलाई पोजिटीभ  देेेेखिए पछि उक्त गाडीमा सवार ९ जना भारतिय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई फिर्ता पठाएईएको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुुढा मगरले बताउनु भयाे। आज फागुन ९ गते दिउँसो २:३० बजेको समयमा बर्दिया जिल्लाको नेपाल भारत सीमा नाका अन्तर्गत मुर्तिहा नाकामा  भारत बहराईच जिल्ला मिपुरुवाबाट जि.बर्दिया गु.न.पा.८ आशापुरमा बिवाहमा सहभागी हुन UP 40 AM 2548 नम्बरको भारतिय बलेरो गाडीमा उनीहरू नेपाल आएका थिए।