January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

बर्दिया प्रहरीद्वारा मोटरसाईकल चोरीमा संलग्न ४ पक्राउ

बर्दिया प्रहरीद्वारा मोटरसाईकल चोरीमा संलग्न ४ पक्राउ

गुलरिया । मोटर साइकल चोरीमा संलग्न  बारबर्दिया नगरपालिका २ बस्ने विशाल थापा,  बिक्रम विश्वकर्मा, सुरेन्द्र बि.क., सागर परियार पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।  कार्तिक ५गते राती जिल्ला बर्दिया बारबर्दिया नगरपालिका -०३ बस्ने महेश चौधरीको घरबाटै भे. ७ प. ६६२५ नं. को कालो रङ्गको १०२ सि.सि. को प्लाटिना मोटरसाईकल चोरी भएको थियो ।  मोटरसाईकल खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलिले माघ २१  गते जिल्ला बर्दिया बारबर्दिया नगरपालिका २ बस्ने बिशाल थापाले चलाईरहेको भे. ४ प. ३१२४ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल लेखिएको नम्बरको नभई चोरी भएको भे.७ प. ६६२५ नम्बरको नै रहेको खुल्न आएको र निजहरुले चोरी गरे पश्चात आफुखुसी नम्बर प्लेट राखी चलाएको पाईएको प्रहरीले जनाएको छ ।   बिशाल थापालाई तत्काल नियन्त्रणमा लिई सोधपुछ पश्चात सो कार्यमा संलग्न थप ३ जनालाई पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।