आमाले छोडेर बिचल्लीमा परेका गुलरिया दीपेन्द्रनगर टोलका ४ सन्तानलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग
गुलरिया । आमाले घर छोडेर हिंडेपछि खान लाउन समस्यामा परी बिचल्लीमा परेका गुलरिया दीपेन्द्रनगर टोलका ४ सन्तानलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गरिएको छ। गुलरिया ८ सर्जु नदी टपरा घर भई गुलरिया ६ दीपेन्द्रनगर टोल बस्ने आमा शान्ति घर्तीले घर छोडेर हिँडेपछि बिचल्लीमा परेका पांच बालबालिकाहरु १५ वर्षीय पिंकी घर्ती, १३ वर्षीय अमृत घर्ती, ६ वर्षीय वैदिक अपाङ्ग बालक अर्जुन घर्ती र ४ वर्षीय बबिता घर्ती र बाबु र शसिराम घर्तीलाई ओछयान, ब्लांकेट, खाद्यान्न, लगाउने कपडा सहयोग प्रदान गरिएको हो। गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखा र युनेस्को बाँकेको सहयोगमा गुलरिया नगर उप प्रमुख सुशीला गिरी, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, वडा अध्यक्ष नीरज शर्मा घरै पुगी बिचल्लीमा परेकालाई सी सामाग्री हस्तान्तरण गर्नु भएको हो।
प्रतिकृया दिनुहोस्