December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

कांग्रेस नेता विनय रावलद्वारा क्यान्सर पीडितलाई सहयोग

कांग्रेस नेता विनय रावलद्वारा क्यान्सर पीडितलाई सहयोग

ठाकुरबाबा । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, समाजसेवी विनय रावलले  गरीब , दुखी , विपन्नलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिनु भएको छ ।  बर्दियामा शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा सहयोग पुर्याउनु भएका उँहाले थप अर्को सहयोग प्रदान गर्नु भएको छ।  कांग्रेस नेता रावलले ठाकुरबाबा ६ उपल्लो बन खेत निवासी टीकाराम पौडेल र देवकाली पौडेलको छोरा वर्ष १० को भबिन पौडेलको रक्त क्यान्सरको उपचारमा  सहयोग स्वरुप रु  २५ हजार सहयोग प्रदान गर्नु भएको छ।  नेपाली कांग्रेसका नेता बि पी भण्डारी, ६ नम्बर वडा सभापति ओम प्रकाश ढकाल , समाजसेवी इन्द्र साउदले क्यान्सर पीडित भबिन पौडेलकी आमा देवकली पौडेलकी आमालाई सो सहयोग रकम हस्तान्तरण गर्नु भएको हो।